देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार

देशान्तर

काठमाडौं । भारतको उत्तराखण्डको काशिपुरमा आकर्षक जागिरको प्रलोभनमा नेपालका विभिन्न जिल्लाबाट बोलाइ बन्दी बनाइका ३५ युवाको उद्धार गरिएको छ ।

बन्दी बनाएर कुटपिट र यातना दिई विभिन्न शीर्षकमा रकम असुलेको जानकारी आएपछि परराष्ट्र मन्त्रालयको निर्देशनबमोजिम उद्धार गरिएको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ ।

उनीहरूलाई राजदूतावासले उत्तराखण्ड प्रहरी र ‘किन इण्डिया’ नामक सामाजिक संस्थाको सहयोगमा यही असार ५ गते उद्धार गरेको हो ।

उक्त घटनासँग सम्बन्धित केही व्यक्तिलाई उत्तराखण्ड प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको र उत्तराखण्डको अन्य स्थानमा बन्दी बनाइएका थप नेपाली युवाको खोजी र उद्धार जारी रहेको दूतावासले जनाएको छ ।

साथै उद्धार गरिएकाहलाई कानुनी प्रक्रिया सम्पन्न गरी नेपाल पठाइने जनाइएको छ ।