काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले आज बसेको प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् ।
भिजिट भिसा प्रकरणमा छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोगको माग गर्दै रास्वपाले जेठ ३० पछिका प्रतिनिधिसभा बैठकमा वेल घेराउ गर्दै आइरहेकोमा आज बहिस्कार गरेको हो ।
रास्वपा सांसद आज कालो कपडा लगाएर आएका थिए । सभामुख देवराज घिमिरेले संसद बैठक सुरु भएको जानकारी गराएलगत्तै रास्वपा सांसदहरु आआफ्नो ठाउँबाट उठेर नाराबाजी गर्दै बैठक अवरुद्ध गरेका हुन् ।
आज प्रधानमन्त्री केपी ओलीसँग संसद्मा प्रत्यक्ष प्रश्नोत्तर तय भए पनि रास्वपाको विरोधपछि सभामुख घिमिरेले उक्त कार्यक्रम कार्यसूचीबाट हटाइएको जानकारी दिएका छन् ।
यसअघिका बैठक बहिष्कार गर्दै आएको राप्रपाका सांसदहरु पनि आज रास्वपाका सांसदसँगै बाहिरिएको छन् ।
प्रतिक्रिया