काठमाडौं । नेकपा एसका सांसद मेटमणि चौधरी चेक बाउन्समा मुछिएका छन् ।
उनले ठेकेदारलाई दिएको ५ करोड ४० लाखको चेकमा हस्ताक्षर नमिलेको र खातामा पैसा नभएका कारण एभरेष्ट बैंकले उक्त चेक बाउन्स गरेको हो ।
यति ठूलो रकम उनले कुन स्रोतबाट र के प्रयोजनका लागि ठेकदारलाई दिएका थिए भन्ने विषयमा मेटमणिले मुख खोलेका छैनन् । सांसद चौधरी स्वयं मौन रहे पनि उनका स्वकीय सचिवले ‘चेक हराएको’ बताएका छन् ।
नेकपा एमाले विभाजन गरेका माधवकुमार नेपालदेखि मेटमणि चौधरीसम्म भ्रष्टाचार या ठगीमा मुछिनु संयोग मात्रै हो कि नियोजित भन्ने प्रश्न उठेको
छ ।
ठगी र जालसाजीको आरोपमा प्रहरीले मेटमणिमाथि अनुसन्धान अघि बढाएको बताइएको छ ।
प्रतिक्रिया