काठमाडौं । दरबारमार्गस्थित टाइम्स स्क्वायर मलमा सात बर्ष अगाडि सञ्चालित कासा लाउन्ज एण्ड बारले आगामी असार ७ गते अर्थात जुन २१ मा सातौँ वार्षिकोत्सव भव्यताका साथ मनाउने भएको छ । कासाले आफ्नो वार्षिकोत्सवमा प्रख्यात गायक सविन राई र द फारोका साथमा ग्राहकलाई भरपुर मनोरञ्जन दिने भएको छ ।
कासाले उक्त दिन संगीतमय रातमा सधैँका लागि सम्झनायोग्य पलहरु सृजना गर्ने दाबी गरेको छ । उत्कृष्ट सेवा, स्वादिष्ट खाना र पेय पदार्थहरू सहित अद्भुत लाइभ संगीतको व्यवस्था गर्न लागिएको कासाका संस्थापक रामप्यारा श्रेष्ठले बताए ।
वार्षिकोत्वसका दिन ग्राहकका लागि विशेष छुटको व्यवस्था पनि गरेको छ । कासाले विगतमा पनि विभिन्न अवसरमा ग्राहक लक्षित विशेष कार्यक्रमहरु गर्दै आएको छ । काठमाडौंमा सञ्चालित धेरै लाउन्जमध्येको कासा धेरैको पहिलो रोजाइमा पर्न सफल भएको लाउन्ज हो ।
प्रतिक्रिया