देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

देशान्तर

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। अघिल्लो दिनको तुलनामा बिहीबार सुन मूल्य तोलामा ४ सयले घटेको हो।

बुधबार सुन तोलामा ९ सय रुपैयाँले बढेर एक लाख ९५ हजार ९ सय रुपैयाँमा कारोबार भएकोमा आज ४ सयले घटेर एक लाख ९५ हजार पाँच सयमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य प्रति तोला २५ रुपैयाँले घटेको छ।

आज चाँदी तोलामा २ हजार २ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ।