काठमाडौं । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
न्यायाधीश तारादेवी महर्जनको इजलासले मंगलबार मिश्रलाई तीन लाख धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए । मंगलबार थुनछेक बहस सकिएपछि उनलाई धरौटीमा छाड्ने आदेश भएको हो ।
सूचना अधिकारी श्रेष्ठका अनुसार मिश्रले मंगलबारै तीन लाख बुझाएका थिए । तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक आन्दोलनपछि मिश्रलाई पक्राउ गरिएको थियो ।
राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रविरुद्ध सरकारले राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदाबी गर्दै मुद्दा दर्ता गरेको थियो ।
प्रतिक्रिया