देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हाइड्रोपावर कम्पनीको सेयर मूल्य हालसम्मकै उच्च

देशान्तर

काठमाडौं । सेयर बजारमा हाइड्रोपावर सेक्टर दुई सातामै ७.८ प्रतिशतले बढेको छ । कुल कारोबार रकममा हाइड्रोपावर समूहका कम्पनीको मात्रै ७० प्रतिशत हाराहारी पुग्न थालेको छ ।

आइतबार कुल ११ अर्ब ४४ करोड रुपैयाँको सेयर कारोबार भएकोमा हाइड्रोपावर समूहको मात्रै ६९ प्रतिशत अर्थात् ७ अर्ब ९१ करोडको भयो ।

समग्र सेक्टरले बढ्दो गति लिइरहेका बेला पाँच कम्पनीको मूल्य हालसम्मकै उच्च भएको छ । विभिन्न समयमा दिइएको बोनस सेयर तथा हकप्रद सेयर समायोजनपश्चात यी ५ कम्पनीको मूल्य हालसम्मकै उच्च भएको हो ।

हालसम्मकै उच्च मूल्यमा पुगेका ५ हाइड्रोपावर कम्पनीमा सानिमा माई हाइड्रोपावर, ङादी ग्रुप, बुटवल पावर कम्पनी, पियोर इनर्जी र बरुण हाइड्रोपावर छन् ।

सानिमा माइ हाइड्रोपावरको मूल्य आइतबार प्रतिकित्ता ६७० रुपैयाँ पुगेको छ । त्यस्तै ङादी ग्रुपको मूल्य प्रतिकित्ता ४२५ रुपैयाँ ७९ पैसा पुगेको छ । बुटवल पावरको ७९४ रुपैयाँ ३४ पैसा, बरुण हाइड्रोपावरको ३६८ रुपैयाँ ७४ पैसा र पियोर इनर्जीको ९०७ रुपैयाँ १० पैसा पुगेको छ ।

पियोर इनर्जी बजारको नयाँ कम्पनी हो । जेठ १३ गतेबाट कारोबार सुरु भएको यो कम्पनीको मूल्य लगातार १० प्रतिशत बढिरहेको छ । हालसम्मकै उच्च मूल्यमा पुगेका यी ५ कम्पनीमध्ये ३ कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक १ रुपैयाँभन्दा कम छ ।