काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री ढुण्डिराज शास्त्रीको निधन भएको छ ।
कांग्रेस राजनीतिमा बीपी कोइराला, गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहलगायतसँग निकटमा रहेर काम गरेका शास्त्री अर्घाखाँचीबाट सांसद बनेका थिए ।
उनले २०५० सालमै पार्टीमा पाँच विकास क्षेत्रलाई संघीयता घोषणा गर्ने प्रस्ताव गरेका थिए ।
आफूले बोकेको विचारका कारण पार्टीको नेतृत्व गर्न र देशको प्रधानमन्त्री बन्नबाट वञ्चित भएको उनको गुनासो थियो ।
प्रतिक्रिया