देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तोलाको दुई लाख पुग्नै लाग्यो सुनको मूल्य

देशान्तर

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य थप बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ९७ हजार १०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आइतबार बढेर तोलामा १ लाख ९७ हजार ५०० रुपैयाँ कायम भएको हो ।

यस्तै छापावाल सुन प्रति १० ग्राम तोलामा १ लाख ६९ हजार ३२५ रुपैयाँ कायम भएको छ ।

यसैबिच चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार तोलामा २ हजार १६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार पनि स्थिर रहेको हो ।