देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतको केदारनाथ धाममा हेलिकप्टर दुर्घटना, ६ जनाको मृत्यु

देशान्तर

काठमाडौं । भारतको उत्तराखण्ड केदारनाथ धाममा आज बिहान एउटा हेलिकोप्टर दुर्घटना भएको छ । केदारनाथ मन्दिर दर्शन गरेर फर्किंदै गरेका तीर्थयात्रु रहेको हेलिकोप्टर बिहान साढे ५ बजे सम्पर्कविहीन भएको थियो ।

हेलिकोप्टरका पाइलटसहित एकजना बच्चा र चार यात्रु गरी ६ जना रहेको प्रारम्भिक विवरण छ । उनीहरुको ज्यान गएको भनिए पनि थप विवरणसहित पुष्टि हुन बाँकी छ ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीका अनुसार दुर्घटनास्थल गौरीकुण्डमा खोज तथा उद्धार टोली परिचालन गरिएको बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मौसम खराब हुँदा हेलिकोप्टर दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान छ ।

यसअघि गएको बिहीबार भारतको अहमदावाद सहरको आवासीय क्षेत्रमा लन्डनका लागि उडेको एयर इन्डियाको बोइङ ७८७–८ ड्रिमलाइनर विमान दुर्घटना भएको थियो । विमानमा चालक दलका सदस्यसहित दुई सय ४१ जनाले ज्यान गुमाएका थिए ।