देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शोभा ज्ञवालीलाई धम्की र दिलभूषणविरुद्धको उजुरीबारे के भन्छिन् आरजु ?

देशान्तर

काठमाडौं । परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी नेत्री आरजु राणा देउवाले नेपाल रिपब्लिक मिडियाका निर्देशक शोभा ज्ञवालीलाई धम्की दिएको भन्ने आरोपको खण्डन गरेकी छिन् । शुक्रवार सामाजिक सञ्जालमा फेसबुकमार्फत उक्त आरोपबारे बोल्दै राणाले ज्ञवालीसँग समाचारको तथ्य र न्यायिक निरूपणका बारेमा मात्रै कुराकानी भएको दाबी गरेकी छिन् ।

तर, त्यस्तो कुराकानीलाई ज्ञवालीले धम्की दिएको भनी समाचार प्रकाशित गरिएको प्रति उनले आश्चर्य व्यक्त गरेकी छिन् ।

दिलभूषण पाठकसँग सम्बन्धित समाचारको विषयलाई लिएर राणाले धम्क्याएको भन्दै नागरिक दैनिकले समाचार प्रकाशित गरेको छ । “राणाले स्वकीय सचिव कमल रावलको ह्वाट्सएप नम्बरबाट ज्ञवालीलाई दिउँसो १स्५३ बजे फोन गर्दै नेपाल रिपब्लिक मिडिया र यसका सञ्चालकहरूलाई धराशायी गराइदिने चेतावनी दिएकी हुन्”, नागरिक दैनिकमा प्रकाशित समाचारमा भनिएको छ, “ज्ञवालीले आफूलाई समाचारसम्बन्धी विषय जानकारी नहुने बताउँदा राणाले एकोहोरो करिब चार मिनेट गालीगलौज गरेकी थिइन् ।”

जसलाई अस्वीकार गर्दै राणालो भनेकी छिन्, “हाम्रो परिवारलाई बदनाम गराउने दूषित मनसायसहित सामाजिक सञ्जालमा आएको एक तथ्यहीन र भ्रामक भिडियो र त्यसको न्यायिक निरूपणमा बारेमा उहाँसँग कुराकानी भएको हो, बरु, मैले म आफू नियमित पाठक रहेको न्युयोर्क टाइम्सजस्तो मिडियाको सहयात्री प्रकाशनले पनि सोही भ्रामक भिडियोलाई स्रोत मानेर समाचार प्रकाशन गर्नुभन्दा सत्य तथ्य बुझेर मात्र समाचार प्रकाशन गर्नुपर्ने सुझाव दिएकी हुँ, तर, हामीबिच भएको फोन संवादलाई तोडमोड गरेर उहाँ ९शोभा ज्ञवाली०ले आफूलाई धम्की आएको भनेर आफ्नै पत्रिकामा समाचार प्रकाशन गरेको देख्दा मलाई अचम्म लागेको छ ।”

मन्त्री राणाले दिलभूषण पाठकविरुद्ध प्रहरीमा पुगेको कारण पनि खोलेकी छिन् । पाठकले भ्रामक र तथ्यहीन भिडियो प्रसारण गरेको उनको जिकिर छ । “उक्त भ्रामक र तथ्यहीन भिडियो प्रसारण गर्ने संस्था कुनै पनि सरकारी निकायमा दर्ता समेत नभएको थाहा पाएपछि प्रेस काउन्सिलमार्फत प्रक्रिया सुरु गर्न नमिलेर हामीले राज्यको कानुनअनुसार नै न्याय खोजेका हौँ,” मन्त्री राणाले भनेकी छिन् ।

अब अदालती प्रक्रियामा प्रवेश गरेको भन्दै उनले अगाडि भनेकी छन्, “उक्त भ्रामक भिडियो पोष्ट गर्ने विरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ र कानुनले जे सजाय दिन्छ हामीले पनि त्यसैलाई अनुसरण गर्ने नै हो ।”