काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले नेकपा (एमाले)मा पार्टी अध्यक्षको विकल्प खोज्न केपी ओलीले मात्र सक्ने बताएका छन् ।
‘पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीलाई चुनौती दिने भनि गरिएको प्रचारबाजी हास्यास्पद हो,’ उनले भनेका छन्, ‘नेकपा एमालेमा अध्यक्ष केपी ओलीको विकल्प स्वयं केपी ओलीले मात्र खोज्न सक्छन् ।’
बस्नेतले भनेका छन्, ‘नेकपा एमालेका अध्यक्ष ओलीले आफ्नो लोकप्रियताको ग्राफ चेक गरेका छन् । पछिल्लो समय पार्टीभित्र र सिङ्गो मुलुकमै आफ्नो नेगेटिभ क्रेजप्रति उनी राम्रोसँग जानकार छन् । यस अर्थमा उनले वर्तमान अवस्थामा आफ्नो विकल्प खोज्नुपर्ने हो कि भन्ने अवस्थामा पुगेको र सबैभन्दा उपयुक्त पात्रका रूपमा पूर्व राष्ट्रपति भण्डारीलाई रोजेको बस्नेतको बुझाइ छ ।
‘तर यही कुरा उनले बडो चलाखीपूर्ण र घुमाउरो तरिकाले पूरा गर्न खोज्दै छन्,’ उनले थपे, ‘कतिपयले यही चलाकीलाई विद्या भण्डारीले एमालेका अध्यक्ष ओलीलाई चुनौती दिन खोजेको रूपमा अर्थ्याएका छन्, जुन साँचो हैन ।’
प्रतिक्रिया