देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सर्वोच्च अदालतका लागि तीन न्यायाधीश सिफारिस

देशान्तर

काठमाडौँ। २७ जेठ : न्याय परिषद्ले मंगलबार सर्वाेच्च अदालतमा तीन जना न्यायाधीशको नाम सिफारिस गरेको छ ।

सर्वोच्च अदालतका लागि सिफारिस हुने न्यायाधीशहरूमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल, उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा रहनुभएको छ ।

न्याय परिषद्का प्रवक्ता अशोककुमार क्षेत्रीका अनुसार परिषद्को सोमबार बसेको बैठकले सर्वोच्च अदालतका लागि तीन न्यायाधीशको नाम सिफारिस गरेको हो ।