काठमाडौं । अमेरिकाले डिपोर्ट गरेका ३७ नेपाली गएराति काठमाडौं आइपुगेका छन् ।
अमेरिकी कानुन उल्लंघन गरेको भन्दै ३२ पुरुष र ५ महिलालाई अमेरिकाले डिपोर्ट गरेको हो ।
अमेरिकाले ओम्नी एयर इन्टरनेसनलको कल–साइन एन–४८६ एएक्स जहाजबाट चार्टर गरेर उनीहरूलाई आइतबार मध्यराति नेपाल फर्काएको हो ।
विमानमा नेपालीसहित अमेरिकाले भारत र बंगलादेशका नागरिकलाई पनि फिर्ता ल्याएको छ ।
ट्रम्पले दोस्रो कार्यकाल सम्हालेयता एक सय ७७ जना नेपाली डिपोर्ट गरिसकेको छ ।
डिपोर्ट भएका नेपालीसँग प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले सोधपुछ गरी छोड्ने गरेको छ ।
प्रतिक्रिया