देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालको मुद्दाबारे ओली- अख्तियार प्रयोग हुने संस्था होइन

देशान्तर

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रयोग हुने संस्था नभएको बताएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलीको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपाललाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।

मोरङको कटहरी गाउँपालिका– २ हल्दीबारीमा २०० बेड क्षमताको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेशनको उद्घाटनपछि बाहिरिने क्रममा उनले अख्तियार प्रयोग हुने संस्था नभएको बताएका हुन् ।

माधव नेपालमाथि प्रतिशोध साँध्न अख्तियारलाई प्रयोग गरिएको हो ? भन्ने पत्रकारको प्रश्नमा प्रधानमन्त्री ओलीले भने,‘अख्तियार प्रयोग हुने संस्था होइन, काम गर्ने संस्था हो ।’