देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दर्शकमाझ डब्बुको माया हो माया

देशान्तर

काठमाडौं । विगत लामो समयदेखि गीत लेखनमा सक्रिय सञ्चारकर्मी डब्बु क्षत्रीले आफ्नो रचनामा यो नयाँ आधुनिक गीत माया हो माया…को भिडियोलाई बजारमा ल्याएका छन् । यो गीतको भिडियोलाई ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

यो गीत गायक डेविड शंकर र गायिका बेनिशा पौडेलको युगल स्वरमा रहेको छ । यो रोमाञ्चक भावको गीत माधुर्य बनेको छ । गीतमा दीपक शर्माले संगीत सृजना गरेका हुन् । काठमाडौंको पुतलीसडक स्थित आर्टोम्युजिक रेकर्डिङ स्टुडियामा रेकर्ड गरिएको यो गीतलाई जुगल डंगोलले संगीत संयोजन गरेका हुन् ।

यो गीतको भिडियोको निर्देशन डब्बु क्षत्रीले नै गरेका हुन् । भिडियोमा अभिनेता प्रवण भुसाल र गायिका एवम् मोडल सरिता भारतीले अभिनय गरेका छन् । भिडियोमा यी दुइको अभिनय राम्रो छ ।

काठमाडौंबाट पाँच दिनको यात्रा गरेर गीतको भिडियो मुगुको रारा, कालिकोट र जुम्लामा छायांकन गरिएको हो । कर्णालीको सुन्दरतालाई प्रवर्द्धन गर्ने उद्देश्यले गीतको भिडियोलाई ती क्षेत्रमा छायांकन गरिएको गीतकार डब्बु क्षत्रीले बताए ।

भिडियोबारे उनले भने, ‘यो माधुर्य गीत बनेका कारण गीत सुन्दै भिडियो हेर्दा दर्शकलाई आनन्द मिलोस् भनेर हामीले कर्णालीका अत्यन्त सुन्दर स्थलमा पुगेर त्यहाँ छायांकन गरेका हौँ । गीत रिलिज भएपछि भिडियोमा समेटिएको सुन्दताले निकै प्रशंसा पाइरहेको छ ।’

जसमा दिव्यराज सुवेदीको छायांकन, दिलमाया मगर र सञ्जिता बरालको ड्रेस डिजाइन रहेको छ । यो गीतको भिडियोलाई सुवास बुढाथोकीले कोरियोग्राफी गरेका हुन् ।