काठमाडौं । नेकपा (माओवादी केन्द्र)को युवा संगठन योङ कम्युनस्ट लिग (वाईसीएल)को अध्यक्षमा पुष्प ओली सर्वसम्मत चयन भएका छन् ।
वाईसीएलको तेस्रो सम्मेलनबाट ओली सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । यस्तै, महासचिवमा गणेश शाही सर्वसम्मत भएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितको छलफलपछि ओलीको नाममा सहमति जुटेको हो ।
वाईसीएलको अध्यक्षमा केहरसिंह कुँवर, नवराज ऐर, गणेश शाही, डम्बर पुलामी, ठाकुर सौराग लगायत आकांक्षी थिए । अन्य पदको घोषणा हुन बाँकी छ ।
आइतबारदेखि सुरु भएको तेस्रो सम्मेलनमा सहमति जुट्न नसक्दा चार पटकसम्म निर्वाचन कार्यतालिका संशोधन भएको थियो ।
प्रतिक्रिया