देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

टेक एन्ड पे नीतिप्रति इप्पानको असन्तुष्टि

देशान्तर

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले टेक एन्ड पे नीतिमा विद्युत् खरिद सम्झौता गर्दा लगानी जोखिममा पर्ने उल्लेख गर्दै असन्तुष्टि जनाएको छ ।

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा इप्पानका अध्यक्ष गणेश कार्कीले टेक एन्ड पेमा मात्र विद्युत् खरिद सम्झौता गर्दा जलविद्युत् आयोजनाको ६६ अर्ब २२ करोड लगानी जोखिममा पर्ने दाबी गरे । उनले उक्त विाषयले ठूलो समस्या ल्याउने बताए ।

सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२–८३ को वार्षिक बजेटमा टेक एन्ड पे नीति उल्लेख छ । अध्यक्ष कार्कीले सरकारको उक्त नीतिले निजी लगानीकर्तालाई समस्या पार्ने उल्लेख गर्दै नीति सच्याउन माग गरे ।

सरकारले आगामी आवका लागि विनियोजित बजेटमा रन अफ दि रिभर (आरओआर) आयोजनाको हकमा टेक एन्ड पेमा मात्र विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने, ऊर्जा उत्पादन र खपतको सन्तुलनको आधारमा मात्र पीपीए गर्ने घोषणा गरेको थियो ।

अध्यक्ष कार्कीले भने, ‘पहिले निजी क्षेत्रलाई लगानी गर्न उत्साहित गर्दै ऊर्जा क्षेत्रमा लगानी गर भन्ने र तर अहिले आएर उत्पादन गरिएको विद्युत् खरिद गर्दैनौँ भन्ने काम सरकारबाट भएको छ,’ उनले भने, ‘उक्त नीतिले निजी क्षेत्र अप्ठ्यारोमा परेको छ उक्त नीतिले निजी क्षेत्रलाई जलविद्युत् क्षेत्रबाट पन्छाउन खोजेको छ ।’