देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मैंले कुनै बदमासी गरेको छैन : नेपाल

देशान्तर

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पतञ्जलि जग्गा प्रकरणमा आफूले कुनै बदमासी नगरेको जिकीर गरेका छन् ।

पतञ्जलि जग्गा हिनामिना प्रकरणमा नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेपछि आज रौतहटमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपालले आफूले कुनै अनुचित काम नगरेको बताए । उनले आफू कानुनी प्रक्रियाको सामना गर्न तयार रहेको पनि प्रष्ट पारे ।

उनले कसले के लुपहोल राखे होलान्, त्यो बारेमा आफूलाई जानकारी नभएको पनि बताए । आफूले नबिराउनु, नडराउनुको मान्यतालाई आत्मसात् गरेको भन्दै अध्यक्ष नेपालले अगाडि थपे–न्यायभन्दा ठूलो कुरो केही हुँदैन, सत्यभन्दा ठूलो कुरो केही हुँदैन