देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पतञ्जली जग्गा हिनामिना प्रकरणमा पूर्व प्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर

देशान्तर


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेपलान्चोकको साँगामा पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपालको जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले पूर्वप्रधानमन्त्री नेपाल, तत्कालीन भूमि सुधार मन्त्रालयका सचिव छविराज पन्त तथा पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी, नेपालका प्रमुख शालिग्राम सिंहसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

‘प्रधानमन्त्री माधव कुमार नेपालको निर्देशानुसार विभागीय मन्त्रालयबाट पेश भएको पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपालले गैरकानूनी तवरबाट प्राप्त गरेको हदभन्दा बढी जग्गा भूमि सम्बन्धी ऐन, २०२१ को दफा ११ बमोजिम जफत तथा सरकारी सार्वजनिक कायम हुने जग्गा बेचविखन तथा सट्टापट्टा सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्‍मा ठाडो प्रस्तावको रुपमा पेश गरे गराएको देखिन्छ,’– अख्तियारले दायर गरेको आरोपपत्रमा भनिएको छ ।

अध्यक्ष नेपाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को (पहिलो संशोधनसहित) को दफा ३ को उपदाफा १ (ज) कमोजिम कैद सजायको माग गरिएको छ । सो ऐनको दफा ३ ९१० को ९ज० बमोजिम आरोप पुष्टि भएमा न्यूनतम् ६ वर्ष र अधिकतम् ८ वर्ष कैद सजायको व्यवस्था रहेको छ ।

त्यस्तै सोही ऐनको दफा २४ मा थप सजायको व्यवस्था रहेको छ । थप सजायअन्तर्गृत संवैधानिक अंग वा निकायका पदाधिकारी, राष्ट्रपतिबाट मनोनयन वा नियुक्त हुने पदाधिकारी, नेपाल सरकारका विशिष्ट श्रेणी वा सो सरहका पदाधिकारी, सार्वजनिक संस्थानका प्रमुख महाप्रबन्धक तथा सो सरहका पदाधिकारीले परिच्छेद २ अन्तर्गतको कसुर गरेमा ३ वर्ष थप सजायको व्यवस्था रहेको छ ।

अध्यक्ष नेपालविरुद्धको कसुर प्रमाणित भएमा दफा ३ (१) को (ज) ८ वर्ष र दफा २४ अन्तर्गत ३ वर्ष गरी ११ वर्ष अधिकतम् कैद सजाय मागदाबी गरिएको छ । त्यसैगरी, पूर्वप्रधानमन्त्री नेपालविरुद्ध १८ करोड, ५८ लाख ५० हजार विगो र बिगोबमोजि