देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महानगर प्रहरी प्रमुखबाट पाण्डे निलम्बित, जोशीलाई निमित्त प्रमुखको जिम्मेवारी

देशान्तर

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बनमा परेका छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई निलम्बन गरेका हुन् ।

पाण्डे निलम्बनमा परेसँगै कामपाको विपद् व्यवस्थापन विभागमा कार्यरत विष्णु जोशीलाई नगर प्रहरीको निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ । यसअघि गुरागाईंले आफूलाई कार्यालय प्रवेश गर्न अवरोध पुर्‍याएको भन्दै पाण्डेलाई स्पष्टीकरण सोधेका थिए ।

जोशीले आफूलाई अर्को निर्णय नहुँदासम्म प्रहरी निमित्त प्रमुखको जिम्मेवारी दिइएको जानकारी दिए ।