देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आइपीएलको उपाधि आरसीबीलाई

देशान्तर

इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेट २०२५ को उपाधि रोयल च्यालेन्जर्स बैंग्लोरले जितेको छ । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा मंगलबार राति भएको फाइनलमा पञ्जाव किंग्सलाई ६ रनले पराजित गर्दै बैंग्लोरले उपाधि जितेको हो ।

विराट कोहली प्रेरित बैंग्लोर पहिलो पटक उपाधि जित्न सफल भयो भने युवा कप्तान श्रीयस अय्यरको नेतृत्वमा रहेको पञ्जाव किंग्स भने अभागी सावित भयो । पञ्जावले पनि अहिलेसम्म उपाधि जित्न सकेको छैन । पञ्जावले निर्धारित ओभरमा ७ विकेट गुमाएर १८४ रन मात्रै बनाउन सक्यो ।

बैंग्लोरले ९ विकेट गुमाएर बनाएको १९० चेज गर्ने लक्ष्यसहित मैदान उत्रिएको पञ्जावको सुरुआत मध्यम रह्यो । प्रियान्स आर्या र प्रभशिमरन सिंहले पहिलो विकेटका लागि ४३ रनको सझेदारी गरे । प्रियान्स १९ बलमा २४ रन बनाएर आउट भए । त्यसपछि प्रभसिमरनलाई जोस इंग्लिसले साथ दिएका थिए । तर प्रभ शिमरन २२ बलमा २६ रन बनाएर दोस्रो विकेटको रुपमा पभेलियन फर्किए ।

यसैगरी कप्तान श्रीयस अय्यर १ रन बनाएर आउट हुनु नै पञ्जावका लागि दुर्भाग्य बन्यो । जारी प्रतियोगिताका अघिल्ला खेलमा उत्कृष्ट फर्मममा रहेका अय्यरको ब्याट चल्न सकेन । चौथो विकेटको रुप्मा जोस इंग्लिसले २३ बलमा ३९ रनको पारि खेलेर विदा भए । उनले चार छक्का र एक चौका प्रहार गरे ।

त्यसैगरी नेहाल वाधेराले १५ रन बनाउँदा शशांक सिंहले अन्तिमसम्म प्रयास गरेका थिए । अजमतुल्लाह ओमर जाइ १ रन बनाएर आउट हुँदा पञ्जावले ७ विकेट गुमाएर १४५ रन बनाएको थियो । शशांक सिंहले ३० बलमा ६१ रनको नटआउट पारि खेल्दा ६ छक्का ३ चौका प्रहार गरे । बैंग्लोरका भुवनेश्वर कुमार र क्रुनाल पाण्ड्याले दुई दुई विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरको सुरुवात खराब रह्यो ।

फिल साल्ट नौ बलमा दुई चौका र एक छक्काको मद्दतले १६ रन बनाएर आउट भए । उनलाई जेमिसनले आउट गरे । यसपछि विराट कोहलीले मयंक अग्रवालसँग इनिङ सम्हाल्ने प्रयास गरे, तर मयंक ठूला सटको पछि लागेर आउट भए। उनी १८ बलमा दुई चौका र एक छक्काको मद्दतले २४ रन बनाएर आउट भए ।

यसपछि रजत पाटीदार १६ बलमा २६ रन बनाएर पवेलियन गए । विराटले लिभिङस्टोनसँग ३६ रनको साझेदारी गरे । विराटले ३५ बलमा तीन चौकाको मद्दतले ४३ रन बनाएपछि अजमतुल्लाहको शिकार बने ।

जितेश शर्माले ज्वलन्त इनिङ खेले, तर ठूला सटको खोजीमा विजयकुमारले उनलाई बोल्ड गरे । जितेशले १० बलमा दुई चौका र दुई छक्काको मद्दतले २४ रन बनाए । अर्शदीपले अन्तिम ओभरमा तीन विकेट लिए ।

उनले २० औं ओभरको दोस्रो बलमा रोमारियो शेफर्ड (१७ रन), चौथो बलमा कृणाल पाण्ड्या (४ रन) र भुवनेश्वर कुमार (१ रन) को विकेट लिए। पञ्जाबका लागि अर्शदीप र जेमिसनले तीन–तीन विकेट लिए । अज्मतुल्लाह उमरजाई, विजयकुमार विशाख र युजवेन्द्र चहलले एक–एक विकेट लिए ।