देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कलाकार घनश्याम गौतमको निधन

देशान्तर

काठमाडौं । ‘नक्कली प्रचण्ड’ का रूपमा चिनिएका कलाकार घनश्याम गौतमको निधन भएको छ।

लामो समयदेखि भक्तपुरको क्यान्सर अस्पतालमा उपचार गराइरहेका गौतमको सोमबार राति निधन भएको हो ।

उनी भक्तपुर ताथलिमा रहेको काठमाडौं क्यान्सर अस्पतालमा लामो समयदेखि उपचार गराइरहेका थिए ।

‘मेरी बास्सै’ टेलिश्रृंखलामा माओवादी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को व्यंग्यात्मक भूमिका निर्वाह गरी चर्चामा आएका थिए ।