देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बिहे गर्ने उमेर घटाउँदै सरकार

देशान्तर

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले बिहे गर्ने उमेर कम गर्नुपर्ने धारणा राखेका छन् ।

आइतबार जनकपुरधाममा आयोजित ‘राष्ट्रिय बालबालिका नीति, २०८०’ कार्यान्वयन कार्ययोजना मस्यौदासम्बन्धी मधेश प्रदेशस्तरीय राय सुझाव कार्यक्रममा उनले समाजिक, धार्मिक तथा अभिभावकको मागअनुसार केटीको हकमा बिहे गर्ने उमेर घटाउँदा राम्रो हुने सुझाव दिए ।

‘सरकारले केटीका लागि विवाह गर्ने उमेर न्यूनतम २० वर्ष तोकेको छ, अब त्यसलाई १८ वर्षमा ल्याउनुपर्छ,’ उनले भने ।

उनले यससँग सम्बन्धित प्रस्ताव संघीय संसद्मा प्रस्ताव पेस गरेको समेत उल्लेख गरे ।