देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

देशान्तर

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष एवं पूर्वगृहमन्त्री कमल थापालाई प्रहरीले काठमाडौंको नक्सालबाट पक्राउ गरेको छ ।

राप्रपा, राप्रपा नेपाललगायत राजसंस्था समर्थक विभिन्न समूहले आज नक्सालमा प्रदर्शन गर्ने क्रममा प्रहरीले थापालाई पक्राउ गरेको हो । प्रदर्शनमा रहेका राजावादी समूहहरु नक्सालको नारायणचौरबाट बालुवाटारतर्फ अगाडि बढ्न खोज्दा प्रहरीले राप्रपा नेपालका अध्यक्ष थापासहित एक दर्जनभन्दा बढीलाई पक्राउ गरेको हो ।

राजावादी समूहहरु जेठ १५ देखि राजसंस्था पुनस्थापनालगायत माग राखी राजधानीमा प्रदर्शन गर्दै आएका छन् । पक्राउ परेका थापालाई काठमाडौं उपत्यका प्रहरी परिसर भद्रकालीमा राखिएको छ ।