देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सहकारी मन्त्री अधिकारीको गाडी मेलम्ची खोलामा फस्यो

देशान्तर

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी सवार गाडी शनिवार दिउँसो सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका, शेरास्थित मेलम्ची खोलाको रातो पुलमा खोला तर्ने क्रममा फसेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार, मन्त्री अधिकारी कार्यक्रममा सहभागी हुन जाने क्रममा गाडी खोलामा फसेको थियो ।

गाडी केहीवेर खोलामा अड्किएको भए पनि प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरिएको छ ।

प्रहरीले जनाएअनुसार मन्त्री अधिकारी सकुशल छन्, र घटनामा कुनै क्षति भएको छैन ।