देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चीन भ्रमणमा पूर्वराष्ट्रपति भण्डारी के गर्दै छिन् ?

देशान्तर

काठमाडौं । चीन भ्रमणमा रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र तेह्रौँ राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका उपाध्यक्ष तथा चिनियाँ अन्तर्राष्ट्रिय समझदारी संघका अध्यक्ष जी बिङस्वानबीच भेटवार्ता भएको छ ।

उनीहरु बीच शुक्रबार साँझ गान्सु प्रान्तको डुनह्वाङ सहरमा भेटवार्ता भएको छ।

भेटवार्तामा पूर्वराष्ट्रपति भण्डारी नेपालको विकास एवम् नेपाली जनताको सुख र शान्तिको पक्षमा चीनले विनासर्त सहयोग गर्दै आएकोमा धन्यवाद दिइन् ।

यस्तै पूर्वराष्ट्रपति भण्डारीले दुई देशबीचका समझदारी विभिन्न कारणले कार्यान्वयन हुन विलम्ब भए पनि अब त्यसलाई अगाडि बढाउन दुवै पक्ष क्रियाशील हुनुपर्ने विभिन्न कारणले नेपालमा सरकारमा अस्थिरता हुने गरेपनि जनस्तरमा सम्बन्धलाई बलियो बनाउन सके नीति र सम्बन्धमा स्थायित्व हुनसक्ने धारणा राखिन् ।

बुद्धको जन्मभूमि नेपाल र बुद्धका अनुयायी रहेको चीनबीच सम्बन्धका अनेक आयाम रहेकोले बहुआयामिक सम्बन्ध र सहकार्यले एसियाली सभ्यतनको प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास भण्डारीको थियो ।

भेटमा चिनियाँ अन्तर्राष्ट्रिय समझदारी संघका अध्यक्ष जी बिङस्वान विद्या भण्डारी राष्ट्रपति हुँदा राष्ट्रपति सी जिनपिङबाट भएको नेपाल भ्रमण र सो क्रममा सम्पन्न समझदारीले नयाँ आयाम थपेको भन्दै त्यसलाई अझ उचाइमा पुर्‍याउन मिलेर काम गर्नुपर्ने बताए । चीनले कुनै स्वार्थ नराखी नेपाल सरकार र नेपाली जनताको चाहना बमोजिम सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । सिल्क रोड परियोजनामार्फत चीन र नेपालका साथै मध्यपूर्वसम्म जोड्न सकिने उनले बताए ।

चीन सधैँ स्थिर सरकार र बलियो नेताबाटै राष्ट्रको एकता, समृद्धि हासिल गर्दै अहिलेका चुनौती सामना गर्न सकिने आफूहरुको विश्वास रहेको तर कुनै पनि देशको प्रणाली र सरकार कस्तो छान्ने भन्ने निर्णय गर्ने अधिकार त्यहाँका जनताकै हुने भन्ने पक्षमा आफूहरु स्पष्ट रहेको समेत उनले बताए ।

भेटमा नेपाली प्रतिनिधिमण्डल तथा चिनियाँ अधिकारी सहभागी थिए ।