काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसदमा अवरोध गर्दै आएका विपक्षी दलहरुले आगामी आर्थिक वर्ष २०८२/ ८३ का लागि बजेट प्रस्तुत हुँदा संसद् अवरोध नगर्ने भएका छन् ।
भोलि १५ जेठमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । तर, विपक्षीहरूले बजेट प्रस्तुत हुँदा संसद् बैठक अवरोध नगर्ने भएका छन् । गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलहरुले आज पनि संसद बैठक चल्न दिएका छैनन् ।
नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतले बजेट प्रस्तुत हुँदा संसदमा अवरोध नगर्ने निर्णय गरिसकेको बताइएको छ । संसदमा अन्य नियमित काम भने अगाडि बढन नदिने अडानमा विपक्षी दलहरु छन् ।
प्रतिक्रिया