काठमाडौं । गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरूले संसद् अवरुद्ध गरेपछि मंगलबार सार्वजनकि गर्ने भनिएको आर्थिक सर्वेक्षण २०८१/८२ सार्वजनिक हुन सकेन। अर्थमन्त्री विष्णु पौडेलले आज संसद्लाई आर्थिक सर्वेक्षणबारे जानकारी गराउने कार्यसूची थियो । अर्थ मन्त्रालयले सर्वेक्षणको प्रतिवेदन तयार गरिसकेको छ ।
आर्थिक सर्वेक्षणले मुलुकको समग्र आर्थिक सामाजिक स्थितिको प्रतिबिम्वित गर्छ । सरकारले हरेक वर्ष बजेट ल्याउनुअघि आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने परम्परा रहेको छ ।
सर्वेक्षणले मुख्यतः गत आर्थिक वर्षको पूरा अवधि र चालु आवको आठ महिनासम्मको संघ, प्रदेश र स्थानीय तहको समग्र आर्थिक, सामाजिक गतिविधि, क्षेत्रगत विकास तथा सुशासनको अवस्था चित्रण एवं विश्लेषण गर्छ । साथै दीर्घकालीन विकास लक्ष्य, समसामयिक विषय र नागरिको जीवनस्तर, औद्योगिक उत्पादन र रोजगारीसँग सम्बन्धित सर्वेक्षणको नतीजा समेट समेटिएको हुन्छ ।
आज संसद् रोकिएको छ । संसद् खुलेपछि अर्थमन्त्रीले सार्वजनिक गर्ने अर्थ मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया