देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

माओवादीले भन्यो–गृहमन्त्री लेखकले राजीनामा दिनुपर्छ

देशान्तर


काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर छानविनका लागि मार्गप्रशस्त गर्न सुझाव दिएको छ ।

आज बसेको माओवादी पदाधिकारीहरुको बैठकले भिजिट भिसा प्रकरणमा राज्यका निकायहरूले छानबिन नै सुरु गरिसकेको अवस्थामा गृहमन्त्री लेखकले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको बैठकपछि पार्टी प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए ।

उनले भने– गृहमन्त्री लेखकले तुरुन्त राजीनामा दिनुपर्छ । जति ढिलो भयो उति राज्यको साख गिर्दै जान्छ । यस्तै बैठकले नेसपा र नेवा राष्ट्रिय पार्टीसँग एकता गर्ने निर्णय समेत गरेको प्रवक्ता सापकोटाले जानकारी दिए ।