देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक निर्दोष रहेको कांग्रेसको निष्कर्ष

देशान्तर


काठमाडौं । नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक अनियमिततामा संलग्न नभएको निष्कर्ष निकालेको छ ।

पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीहरुको सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आज बसेको बैठकले त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनबाट भइरहेको भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता कतैबाट पुष्टि नहुने निश्कर्ष निकाल्दै लेखकले राजीनामा दिन नपर्ने निर्णय गरेको पार्टी प्रवक्ता डा. प्रकाश शरण महतले बताए । यस प्रकरणबारे गृहमन्त्री लेखकले सदनबाट जवाफ दिने महतको भनाई छ ।

भिजिट भिसा प्रकरणमा विपक्षी दलका केही नेताहरूले मन्त्री लेखकले राजीनामा दिएर अनुसन्धानमा सघाउनुपर्ने बताउँदै आएका छन् । यस्तै कांग्रेसकै शेखर कोइराला लगायतका नेताहरुले पनि गृहमन्त्री लेखकले राजीनामा दिएर छानबिनका लागि मार्गप्रशस्त गर्नुपर्ने बताएका छन् ।