देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

न्युजिल्यान्डका उपप्रधानमन्त्री नेपालको औपचारिक भ्रमणमा आउँदै

देशान्तर

काठमाडौं । न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री विन्स्टन पिटर्स नेपालको औपचारिक भ्रमणमा आउँदै छन् । उनले यही जेठ १४ र १५ गते नेपालको भ्रमण गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा उपप्रधानमन्त्री पिटर्सले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने५न् । त्यसैगरी, उनले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग द्विपक्षीय भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ ।

न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री पिटर्सबाट हुन लागेको यो पहिलो नेपाल भ्रमण हो ।