देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमेरिकाबाट वलीसहित थप नौ नेपाली निष्कासित

देशान्तर

काठमाडौं । अमेरिकाले थप नौजना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा अमेरिका बस्दै आएका उनीहरूलाई गत साता नेपाल फर्काइएको हो।

नेपाल फर्काइनेमा, विश्वकर्मा, वली, केसी, भण्डारी र केसी थरीका एक–एकजना रहेका छन् । त्यस्तै केसी, देवकोटा, बोहोरा र शेर्पा थरीका एक–एकजनालाई पनि नेपाल फर्काइएको हो । पाँचजनालाई गत बिहीबार र ४ जनालाई गत मंगलबार काठमाडौं ल्याइपुर्‍याएको स्रोतले जानकारी दिएको छ।

उनीहरूलाई एयर इन्डियाको जहाजबाट नेपाल ल्याइएको हो । अध्यागमन कानुनविपरीत अमेरिका बस्दै आएका उनीहरूलाई निष्कासन गरी काठमाडौं फर्काइएको हो।

राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रावसन नीति लागू गरेपछि अवैधरूपमा अमेरिका बस्दै आएका नेपालीहरू निष्कासनमा पर्ने गरेका छन् ।

गैरकानुनी तरिकाले बसिरहेका नेपालीहरू अमेरिकाको अध्यागमन प्रहरीको निशानामा पर्दै आएका छन् ।

अमेरिकाले केही नेपालीलाई त चार्टर्ड विमानमार्फत नै नेपाल फर्काएको थियो ।