देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

डा. विश्व पौडेलको नियुक्तिले जोगियो निलमको जागिर

देशान्तर

काठमाडौं । सरकारले राष्ट्र बैंकभन्दा बाहिरको व्यक्तिलाई गभर्नर नियुक्त गरेपछि आन्तरिक आकाङ्क्षीका विषयमा चर्चा चलेका छन् ।

केन्द्रीय बैंक भित्रैबाट मुख्य प्रतिपस्र्धीका रूपमा रहेकी वरिष्ठ डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनाको विषयमा त झन् जीनामासम्मको अनुमान भयो ।

राष्ट्र बैंकभित्रै चलेका यस्ता अनुमान भने वास्तविक नहुने पक्का भएको छ । प्रतिस्पर्धी बन्दैमा बाँकी कार्यकाल पूरा नगरी छाड्नुपर्ने अवस्थामा आफु नपुगेको तिम्सिनाले आफूनिकट कर्मचारी साथीहरूलाई बताएकी हुन् । योसँगै बाहिरिएका हल्ला गलत सावित भएका हुन् ।

राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले पदभार ग्रहण गरेका छन् । पौडेल राष्ट्र बैंक प्रवेश गरेसँगै मुख्य प्रतिस्पर्धी वरिष्ठ डेपुटी गभर्नर तिम्सिनाको आगामी निर्णय के हुन्छ भन्ने अडकलबाजी केन्द्रीय बैंकभित्र बढी थियो ।

‘तिम्सिना म्याडमको कार्यकाल आगामी फागुन २४ गतेसम्म हो,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘उहाँले आफ्नो कार्यकाल पूरा गरेर केन्द्रीय बैंकबाट बिदा लिनुहुन्छ ।’

स्रोतका अनुसार प्रतिस्पर्धा स्वाभाविक भएकाले आगामी दिनमा केन्द्रीय बैंकको स्वायत्तता र शाख अझै बलियो बनाउने गरी एकबद्ध भएर नयाँ नेतृत्वसँग सहकार्य गरेर अघि बढ्न कुनै समस्या नरहेको तिम्सिनाले बताएकी छिन् ।

नवनियुक्त गभर्नर पौडेलको स्वागतको विषयलाई पनि अनेक व्याख्या गरिएको थियो । ‘तिम्सिना म्याडमले दिइसकेको फूलको गुच्छा (बुके) नवनियुक्त गभर्नर पोडेलले टेबुलमा राख्नुभएको थियो, सोही बुकेलाई गभर्नरको पीएले पुनः दिन भन्दै अघि सारेपछि दिइसकेको हो भनेर भन्नुभएको थियो,’ स्रोतले भन्यो, ‘तर, बुके पनि दिन नमानेको भन्दै फैलाइएको हल्ला गलत हो ।’

राजनीतिक खिचातानी र रस्साकस्सीबीच नेपाली कांग्रेसको कोटाबाट गभर्नरमा प्रा. डा. पौडेल मंगलबार गभर्नरनमा नियुक्त भएका थिए । पौडेलले बुधबार प्रधानन्यायाधीशसँग सपथ लिई जिम्मेवारी पनि सम्हालिसकेका छन ।

गभर्नर नियुक्तिमा विलम्ब हुनुको कारण सत्तारुढ एमालेले राष्ट्र बैंकभित्रकै वरिष्ठ डेपुटी गभर्नर डा. तिम्सिनालाई अघि सारेकाले पनि थियो ।

सरकारमा सहभागी राजनीतिक दलको भागबन्डाका कारण केन्द्रीय बैंकको गभर्नर कांग्रेसलाई दिने सहमति भएको थियो । कांग्रेस र एमालेबीच सहमति हुँदा पनि प्रधानमन्त्री ओलीले तिम्सिनालाई नै बनाउन चाहेपछि विलम्ब भएको थियो ।

अनेक राजनीतिक करण तिम्सिनालाई गभर्नर बनाउने प्रधानमन्त्रीको चाहना पूरा नहुने भएपछि कांग्रेससँगको सहमति अनुसार गभर्नरमा पौडेललाई नियुक्त गरिएको थियो ।

सरकारले डा. गुणाकर भट्टलाई गभर्नर बनाएको भए निलमले राजीनामा गर्ने पक्काजस्तै थियो । आफू कामु गभर्नर भइसकेकाले ‘जुनियर’ व्यक्ति गभर्नर भएर आउँदा उनलाई पदमा बस्न नैतिक संकट हुन्थ्यो । डा. विश्वको नियुक्तिले उनको जागिरको म्याद बढेको छ ।