काठमाडौं । नेपाल प्रहरीमा ११ जना एसएसपी प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवाका लागि सिफारिस भएका छन्।
गृहसचिव गोकर्णमणि दुवाडीको अध्यक्षतामा मंगलबार बसेको बैठकले २०७९ मा एसएसपी भएको टोलीबाट डीआईजीमा बढुवा सिफारिस गरेको हो। यो टोलीका १२ जना रहेकोमा सारदाप्रसाद चौधरीलाई छुटाइएको छ ।
एसएसपीहरू सुदर्शनप्रसाद कोइराला, विनोद घिमिरे, दीपेन्द्र घर्ती क्षेत्री, दीपक रेग्मी, माधव प्रसाद श्रेष्ठ, दिलीपसिंह देउवा, दीपककुमार बस्नेत, ओमबहादुर राना, जयराज सापकोटा, सञ्जीव शर्मा दास र सुरेन्द्रबहादुर गुरुङ डीआईजीमा बढुवाका लागि सिफारिस भएका हुन् ।
प्रतिक्रिया