देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बस्नेत र राईबारे देउवा : राजनीतिमा यस्तै हुन्छ, ठूलो अर्थमा लिनुहुँदैन

देशान्तर

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका निलम्बित सांसदद्वय माया राई र मोहनबहादुर बस्नेतमाथिको मुद्दालाई ठूलो अर्थमा नलिन आग्रह गरेका छन् ।

आज (शनिबार) बानेश्वरमा बसेको संसदीय दलको बैठकमा देउवाले राई र बस्नेतबारेको घटनालाई ठूलो अर्थमा नलिन आग्रह गरेको पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताए ।

घिमिरेका अनुसार सभापति देउवाले राजनीतिमा यस्तै हुने भन्दै आफूहरू पनि जेल बसेर आएको सांसदहरूलाई स्मरण गराए । उनले भने, ‘उहाँहरूको विषयमा पनि सांसदहरूले कुरा उठाउनु भयो । त्यो विषयमा सभापतिज्यूले जवाफ दिनुभयो । राजनीतिमा यस्तै हुन्छ, हामी पनि जेल बसेर आएका हौं, थुनामा बसेर आएका हौं भन्ने कुरा राख्नुभयो । यो विषयलाई ठूलो अर्थमा लिनुहुँदैन, राजनीतिमा हामी पनि बसेका हौं भन्नुभयो ।’

माओवादी केन्द्रसँग गठबन्धन गरेर जाने बारेमा कुनै एजेण्डा नरहेको र कांग्रेसले सरकार परिवर्तनको बारेमा कुनै सोच नराखेको पनि उनले बताए ।