देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कारको ठक्करबाट ‘मर्निङ वाक’मा निस्किएका दुई महिलाको मृत्यु

देशान्तर

कपिलवस्तु । बुद्धभूमि नगरपालिका–१ वसन्तपुरमा ‘मर्निङ वाक’मा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु भएको छ ।

गोरुसिंगे–अर्घाखाँची सडक खण्डमा गोरुसिंगेतर्फ जाँदै गरेको बीएडी ९५९९ नम्बरको कारले उनीहरूलाई आज बिहान ठक्कर दिएको इलाका प्रहरी कार्यालय, गोरुसिंगेका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएकी ६० वर्षीय शान्ता खत्री र ६५ वर्षीय तिलकुमारी रायमाझीलाई उपचारका लागि कपिलवस्तु अस्पताल, तौलिहवा लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।

कार चालक रुपन्देहीको सैनामैना नगरपालिका –५ निवासी ३२ वर्षीय खिमराज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।