काठमाडौं । आज बिहान करिब ५ः२५ बजे चन्द्रागिरि नगरपालिका–११ स्थित सतुंगल चोकको एक कपडा पसल तथा कम्प्लेक्समा विद्युत् सर्ट भएर आगलागी भएको छ।
घटनास्थलमा आगो नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर १८ निलबाराही गणबाट सहायक प्रहरी निरीक्षक गोविन्द पौडेलको कमान्डमा २५ जना, थप १५ जना गरी ४० जना परिचालित गरिएको छ। साथै, प्रहरी वृत्त थानकोटबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ३० जना प्रहरी परिचालन भएका छन्।
आगलागी नियन्त्रणका लागि चन्द्रागिरि नगरपालिका र काठमाडौं महानगरपालिकाबाट ११ वटा, ललितपुर महानगरपालिकाबाट १ वटा, जुद्ध वारुण यन्त्रबाट २ वटा, र नेपाल आयल निगम थानकोट तथा नेपाली सेना विपद् गणबाट १र१ वटा गरी जम्मा ६ वटा दमकल प्रयोग गरिएको छ।
दमकल र सुरक्षा निकायको टोली आगो नियन्त्रणमा लिने प्रयासमा खटिएको छ। आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ।
प्रतिक्रिया