काठमाडौं । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दुईवटा आयोगका अध्यक्ष तथा सदस्य नियुक्त गरेको छ ।
सरकारले पूर्वमुख्यसचिव लीलादेवी गड्तौलालाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षमा नियुक्त गरेको छ भने सत्य निरुपण तथा मेलमिलाप आयोग अध्यक्षमा महेश थापा नियुक्त भएका छन् ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सदस्यहरूमा गोपालनाथ योगी, अग्निप्रसाद थपलिया, सृजना पोखरेल र विनिता नेपाली सदस्य छन् ।
त्यस्तै, मेलमिलाप आयोगकोा सदस्यहरूमा अच्युतप्रसाद भण्डारी, डा. टीकाप्रसाद ढकाल, पदमबहादुर शाही र कुमारी कौशल्य ओझा छन् ।
प्रतिक्रिया