देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौंको मखन टोलमा आगलागी, एक वृद्धाको मृत्यु

देशान्तर


काठमाडौं । काठमाडौँ महानगरपालिका २४ मखनटोलको सुरज आर्केड पछाडि रहेको दुई घरमा आगलागी हुँदा मृत्यु भएकी वृद्धाको सनाखत भएको छ ।

उक्त दुर्घटनामा परेर काभ्रेपलाञ्चोककी ८० वर्षीया विष्णु अधिकारीको निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । 
आज बिहान ग्यास चुहिएर दयाराम श्रेष्ठको चारतले माटो र काठले बनेको कच्ची घरमा लागेको आगो नजिक रहेको रुकेश श्रेष्ठको पाँचतले पक्की घरमा समेत फैलिएको थियो । आगलागी बिहान १० बजे पूर्णरूपमा नियन्त्रणमा आएको थियो । 

करिब तीन घण्टासम्म लागेको आगो नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको प्रहरी उपरीक्षक बोहराले बताउनुभयो । जुद्ध बारुणका दुई, नेपाली सेनाको एक, ललितपुर महानगरपालिकाको एक, रामहिटीको एक र बालाजु औधोगिक क्षेत्रको एक गरी छ वटा दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको थियो ।