देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भक्तपुरमा राति २ बजे बस दुर्घटना

देशान्तर

काठमाडौं । भक्तपुरमा गए राति बस दुर्घटना भएको छ ।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–६ निकोसेरामा मंगलबार बिहान २ बजे बस दुर्घटना भएको हो ।

भक्तपुर प्रहरीका अनुसार बस गाडीका सहचालक २० वर्षीय अनिल खत्रीले चलाएका थिए। बस दुर्घटना भए लगत्तै नम्बर प्लेट निकालिएको थियो ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरी परिसर भक्तपुरले जनाएको छ ।