देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतले नेपाललाई दियो १५ वटा विद्युतीय सवारीसाधन

देशान्तर

काठमाडौं । भारतले नेपाललाई १५ वटा विद्युतीय सवारी साधन प्रदान गरेको छ ।

मित्रता र सद्भावनाको संकेत स्वरूप नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले परराष्ट्रमन्त्री डा आरजू राणा देउवालाई १५ वटा विद्युतीय सवारी साधन हस्तान्तरण गरेका हुन् ।

उपहारस्वरूप प्राप्त यी सवारी साधनहरूले सरकारले जेठ २–४ गतेसम्म काठमाडौंमा आयोजना गर्न लागेको नेपालमा ‘सगरमाथा संवाद’को पहिलो संस्करण सफलतापूर्वक आयोजना गर्न सहयोग गर्ने भारतीय दूतावासले विश्वास ब्यक्त गरेको छ ।