देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गभर्नरमा देउवाले अगाडि सारे डा. विश्व पौडेल

देशान्तर


काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरका लागि डा. विश्व पौडेलको नाम अगाडि आएको छ । शनिबार सत्तारुढ दल कांग्रेस र एमालेका शीर्ष नेताबीच बालुवाटारमा भएको बैठकले पौडेललाई गभर्नरमा सिफारिस गर्ने सहमति भएको हो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गभर्नरमा पौडेलको नाम अघि सारेका छन् । पौडेल अहिले गभर्नर सिफारिश समितिका विज्ञ सल्लाहकारको रुपमा छन् । यसअघि देउवाले गभर्नरको लागि राष्ट्र बैंकमा निर्देशकमा कार्यरत डा. गुणाकर भट्टको नाम अघि सारेका थिए ।

तर, उनको राजीनामा स्विकृत नहुँदा अहिलेसम्म नियुक्ती प्रक्रियामा नै सरकार पुग्न सकेको छैन् । डेपुटी गभर्नर निलम ढुंगानाले भट्टको राजीनामा स्विकृत नगर्दा समस्या उत्पन्न भएको हो ।अब पौडेलले सिफारिश समितिबाट राजीनामा दिनुपर्ने हुन्छ ।

पौडेल सिफारिस समितिमै रहेका कारण राजीनामा गर्न लगाएर थप दुई जना सदस्य राख्ने तयारी भएको छ । प्रधानमन्त्री ओलीले यही साता गभर्नरको नियुक्ति हुने बताउँदै आएका छन् ।