काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारको गलत रबैयाबाट हौसिएर प्रतिगामी शक्तिले टाउको उठाउने प्रयास गरेको बताएका छन् ।
पार्टीको रामेछाप–काठमाडौं सम्पर्क समन्वय समितिको अधिवेशनलाई शनिबार राजधानीमा उद्घाटन गर्दै पुनले राजावादी शक्ति उत्साहित हुनुमा प्रधानमन्त्री केपी ओलीका क्रियाकलाप जिम्मेवार रहेको आरोप लगाए ।
ओलीले सहकारी, भुटानी शरणार्थी र मिटर व्याजमा मुछिएका सत्तारुढ दल निकटका व्यक्तिहरूलाई छानीछानी जोगाउने र विपक्षीमाथि प्रतिशोध साँधेको उनको टिप्पणी थियो ।
‘ओलीजीले बिचौलियालाई प्रोत्साहन गर्दा प्रतिगामीहरूले चलखेल गर्ने मौका पाएका छन् । सहकारी र मिटरब्याज प्रकरणमा संलग्न आफ्नालाई छानबिन पनि हुँदैन, मुद्दा पनि चल्दैन, पक्राउ पनि गरिँदैन । तर, विपक्षीलाई खोजीखोजी प्रतिशोध साँध्न खोज्दा व्यवस्थामाथि नै प्रश्न उठाएर प्रतिगामीहरूले फाइदा लिन खोजेका छन् ।’
प्रतिक्रिया