देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारत–पाकिस्तान युद्धपछि नेपाली विद्यार्थीको आर्तनाद : नेपाल फर्कन चाहन्छौँ

देशान्तर

काठमाडौं । भारत र पाकिस्तानबीच सुरु भएको युद्धका कारण पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी चिन्तित भएका छन् । भारतमा सरकारी छात्रवृत्तिमा एमबीबीएस लगायतका विषयमा अध्ययनरत नेपाली विद्यार्थीले सुरक्षित नेपाल फर्कन चाहेको भन्दै सहयोगका लागि सरकारसँग आग्रह गरेका छन्।

भारतमा एमबीबीएस र अन्य विषय अध्ययनरत नेपाली विद्यार्थीहरुले दुई देशमा बढ्दै गएको द्वन्दका कारण आफूहरुले असुरक्षित महसूस गरेको भन्दै नेपाल फर्कन सहयोग गर्न आग्रह गरेका हुन्।

‘शिक्षा मन्त्रालयको छात्रवृत्ति अन्तर्गत पाकिस्तानमा एमबीबीएस र अन्य विष अध्ययन गरिरहेका सयभन्दा बढी नेपाली विद्यार्थी अत्यन्तै डर र अनिश्चितताको अवस्थामा छौँ,’ एक विद्यार्थीले भने,‘बहावलपुर, लाहोर, सियालकोट जस्ता विभिन्न ठाउँहरूमा पहिले नै बम विस्फोट भइसकेको छ। भारत पाकिस्तान सीमा बन्द गरिएको छ। दुई देशमा जारी युद्धका कारण हामीले असुरक्षित महसूस गरिरहेका छौँ। त्यसकारण हामी सुरक्षित नेपाल फर्कन चाहन्छौं।’

यसैबीच परराष्ट्र मन्त्रालयले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीसँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ।

मन्त्रालयले एक विज्ञप्तिमार्फत हालै विकसित घटनाक्रमका सन्दर्भमा नेपालीको सुरक्षा र हित सुनिश्चित गर्न सरकार पूर्णरुपमा सचेत रहेको जनाएको छ। पाकिस्तानस्थित नेपाली दूतावासले त्यहाँ रहेको विद्यार्थी र नेपालीसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको उल्लेख गरेको छ।

मन्त्रालयले तत्कालै कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा अभिभावकले इस्लामावादस्थित नेपाली दूतावासमा सम्पर्क गर्न भनेको छ।

त्यस्तै, भारतमा अवस्थित नेपाली दूतावासले नेपालीलाई सचेत र सुरक्षित रहन आग्रह गरेको छ। दूतावासले एक विज्ञप्तिमार्फत संकटकालीन अवस्थामा सुरक्षित र आपतकालीन सेवा प्राप्त हुन सक्ने नजिकको स्थानको पहिचान गर्न आग्रह गरेको हो।

भारतको जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि विकसित घटनाक्रमलाई मध्यनजर गर्दै दूतावासले आवश्यक सर्तकता अपनाउन ध्यानाकर्षण गराएको हो।

दूतावासले भारत सरकारको आधिकारिक निकायबाट जारी भएका सुरक्षा सम्बन्धी निर्देशनको पालनासमेत गर्न भनेको हो। नेपाली नागरिकले नेपाली दूतावस र महावाणिज्यदूतावास कोलकातामा सम्पर्क गर्न समेत अनुरोध गरेको छ।