देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारत र पाकिस्तानबीच जम्मु पठानकोटमा दोहोरो आक्रमण

देशान्तर

काठमाडौं । भारत र पाकिस्तान सुरक्षाकर्मीबीच जम्मु, पठानकोट र ऊधमपुरमा दोहोरो भिडन्त भएको छ । भारतीय गृह मन्त्रालयले दिएको जानकारी अनुसार पाकिस्तानको तर्फबाट सो क्षेत्रमा ड्रोन र मिसाइल आक्रमण भएपछि भारतले जवाफी आक्रमण गरेको छ ।

पाकिस्तानी आक्रमणले भारतमा खासै नोक्सान नभएको गृहमन्त्रालयका अधिकारीहरुको भनाइ छ । बिबिसीका अनुसार पाकिस्तानी आक्रमणपछि भारतीय ठुलो क्षेत्रमा अँध्यारो छाएको छ । भारतले सो क्षेत्रमा व्यालकआउट गरेको छ ।

पछिल्लो केही घण्टामा दोहोरो भिडन्तमा केही मानिस हाताहात भएको दावी गरिएको छ । तर दुवै पक्षले आफ्नो तर्फ मानवीय क्षति नभएको दावी गरेका छन् । भारतीय सेनाले दिएको सूचनाका अनुसार जम्मू, पठानकोट र ऊधमपुरको मिलिट्री क्याम्पमा पाकिस्तानी सुरक्षाकर्मीले मिसाइल र ड्रोन हमला गरेका छन् । भारतले सो आक्रमणलाई निस्तेज गरेको दावी गरेको छ ।

सो क्षेत्रमा दोहोरो आक्रमणको संकेत पाएपछि केही स्थानीय आज दिउँसो नै सुरक्षित स्थानतिर गएको भारतीय मिडियाले जानकारी गराएका छन् । आज राति पौने ९ बजेको समयमा पाकिस्तानले भारतीय भूमिमा एकसाथ हमला गरेपछि ठुलो धमाकाको आवाज आएको स्थानीयले जनाएका छन् ।