काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिबारे मन्त्रिपरिषद् बैठक अनिर्णित बनेको छ । बिहीबार मन्त्रिपरिषद् बैठकअघि सत्तारुढ प्रमुख दुई दलका नेताहरूबीच छलफल भएको थियो ।
एक मन्त्रीले बिहीबारको बैठकमा गभर्नर नियुक्तिबारे कुनै निर्णय नभएको बताए । मन्त्रिपरिषद्बाट आवश्यक निर्णय हुने अपेक्षा गरिए पनि प्रस्ताव नै नगएको ती मन्त्रीको भनाइ छ ।
बैठकले दैनिक प्रशासनिकलगायतका सामान्य निर्णय मात्रै गरेको उनको भनाइ छ । बैठक बिहीबार रातिसम्म प्रधानमन्त्री निवास बालुवाटारमा चलेको थियो ।
प्रतिक्रिया