देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मकवानपुरमा बोलेरो दुर्घटना : नौजना घाइते, ६ जना गम्भीर

देशान्तर

हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिका–९ अठारे स्थित भित्रि सडक खण्डमा बोलेरो दुर्घटना हुँदा नौजना घाइते भएका छन्।

बुधबार बिहान करिब ८ः१५ बजे खैराङबाट मनहरीतर्फ आउँदै गरेको बा१५च १३३३ नम्बरको बोलेरो सडकदेखि अन्दाजी ५० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार बलेरोमा चालकसहित नौजना सवार रहेका थिए । जसमध्ये ६ जना अवस्था गम्भीर र ३ जना मध्यम घाइते भएका छन् ।

दुर्घटनामा गम्भीर घाइते हुनेहरूमा राक्सिराङ गाउँपालिका–९ बस्ने १६ वर्षीय हिमाल बस्नेत, सोही स्थानका ३५ वर्षीय बुद्धिमान् घलान, ७५ वर्षीय डिल बहादुर घलान र उनको श्रीमती फुलमाया घलान , ३८ वर्षीय रुपबहादुर राउत,४८ वर्षीय दिपक खड्का रहेका छन् ।

यस्तै दुर्घटना सोही स्थान बस्ने ५० वर्षीय सूर्य अधिकारी, १४ वर्षीय कुमार तामाङ र २८ वर्षीय सुजन तामाङ सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घाइतेहरूलाई उद्धार गरी उपचारको लागि मनहरी अस्पताल लगिएको बताइएको छ ।