काठमाडौं । भारतले पाकिस्तानका विभिन्न ९ स्थानमा गए राति एयरस्ट्राइक गरेको छ । भारतीय सञ्चार माध्यमहरूले यो आक्रमणमा कम्तीमा ९० जना आतंकवादी मारेको दाबी गरेका छन् । तर उसको यो दाबीको स्वतन्त्र पुष्टि भएको छैन ।
उता पाकिस्तानले भारतले पाकिस्तानका ६ स्थानमा आक्रमण गरेको बताएको छ । पाकिस्तानी सञ्चार माध्यमले पाँचवटा भारतीय लडाकु विमान खसालेको दाबी गरेका छन् । पाकिस्तानले ८ जना नागरिक मारिएको र ३५ जना घाइते भएको जनाएको छ ।
भारतको पहलगाममा एकजना नेपालीसहित २६ जना आतंकवादी आक्रमणमा मारिएपछि यसको दोष पाकिस्तानमाथि लगाउँदै भारतले सैन्य कारबाही गरेको हो । भारतले यसलाई अप्रेसन सिन्दुर नाम दिएको छ ।
भारतको एयरस्ट्राइकपछि भारत र पाकिस्तान दुवै उच्च सतर्कमा छन् । भारत र पाकिस्तान दुवैतर्फ एयरस्पेस बन्द गरिएको छ भने विद्यालयहरू पनि बन्द गरिएका छन् ।
प्रतिक्रिया