देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वर्तमान सरकारलाई असफल हुने छुट छैन : कोइराला

देशान्तर


काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारलाई असफल हुने छुट नरहेको दोहोराएका छन् ।

आज संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुराकानी गर्दै कोइरालाले आफूलाई वर्तमान सरकार ढाल्न लाग्यो भन्ने आरोप सत्य नभएको पनि स्पष्ट पारे । उनले सरकार गठनका बेला कांग्रेससँग भएको सात बुँदे सहमति कार्यान्वयनमा भने सरकार चुकेको बताए ।

सात बुँदे सहमतिमा उल्लेख संविधानमा संशोधन, आर्थिक सुधार, भ्रष्टाचारलाई निर्मूल गर्ने, दण्डहीनताको अन्त्य, सुशासन कायम लगायतमा सरकार चुकेको डा. कोइरालाको भनाई थियो । उनले कांग्रेस र एमालेले बनाएको संयन्त्र आवश्यक नरहेको पनि बताए । उनले भने– संयन्त्र बनाउनुपरे सरकारभित्रैबाट बनाउनुपर्छ । एक फरक प्रसंगमा कोइरालाले कांग्रेसभित्र कुनै समस्या नरहेको पनि स्पष्ट पारे ।